छोरीलाई बलात्कार र वेश्यावृत्तिमा लगाएको आरोपमा बुबा पक्राउ


 


काठमाडौं, असार ५ । छोरीलाई जबरजस्ती करणी र वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त, सोह्रखुट्टेको टोलीले काठमाडौंको नयाँबजार क्षेत्रबाट ४४ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।

घरमै यौनशोषण भएको भन्दै काठमाडौं महानगरपालिकाको टोलीलाई सूचना आएपछि प्रहरी, महानगरपालिका र बालअधिकारकर्मी सहितको टोली पीडित १७ वर्षीया किशोरीलाई उद्दार गर्न पुगेको थियो ।

महानगरको टोलीले किशोरीलाई उद्दार ग¥यो भने प्रहरीले पीडितको प्रारम्भिक बयानका आधारमा उनका बुबालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीले मंगलबार अपराह्न नै पीडितको थापाथलीस्थित प्रसूति गृहमा स्वास्थ्य जाँच गराएको छ ।

बुधबार ती बुबाविरुद्ध हाडनाता करणी र बालबालिका ऐनमा भएको आर्थिक आर्जनका लागि बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउन नपाइने कसूरमा किटानी जाहेरी दर्ता भएको छ । सोह्रखुट्टे प्रहरीका अनुसार, दिउँसो पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्न अदालत उपस्थित गराइएको छ ।

काठमाडौं महानगरपालिकाले आफन्त बाहेकका व्यक्तिको घरमा बसेका र यातायात क्षेत्रमा काम गरिरहेका बालबालिकाबारे अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्