नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न सांसद पन्तको प्रस्ताव


 


काठमाडौँ, असार ५ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न प्रस्ताव गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने बताए । ‘खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ, नियन्त्रित गर्नैपर्छ’ उनले भने ।

एकैचोटी नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न नसकेता पनि यसतर्फ उन्मुख हुने गरी सरकारले नीति लिनुपर्ने उनको प्रस्ताव छ ।

पासपोर्टमा जानुभन्दा अगाडि दुवै देशका नागरिकको आवतजावतमा सम्बन्धित देशको कुनै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न सकिने उनको सुझाव छ ।

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्