अध्यक्ष प्रचण्डको निर्णय कार्यान्वयन हुनुपर्छ : भट्ट


 


काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य खगराज भट्टले आफूलाई संसदीय दलको नेतामा पुनर्बहाली गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

गत माघमा बहुमत सदस्यहरूले दलको नेताबाट भट्टलाई हटाएपछि संसदीय दलको विवाद बढ्दै गएको थियो ।

विवाद समाधानका लागि अध्यक्ष प्रचण्डले मंगलबार भट्टसहित सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, सहइन्चार्ज बिना मगर, अध्यक्ष हरिराम चौधरी, संसदीय दलका नेता मानबहादुर धामी लगायत संसदीय दलका नेताहरूलाई बोलाएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा भएको छलफलमा दलको नेतामा आफूलाई चयन गर्ने र सरकारमा सहभागी मन्त्रीलाई निरन्तरता दिन प्रचण्डले निर्देशन दिएको भट्टले बताए । उनले प्रचण्डको निर्देशन सबैले पालना गर्नुपर्ने र आफू निर्णय कार्यान्वयन कुरेर बसिरहेको बताए । 

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्