चाँदीको मूल्य घट्दा सुनको मूल्य स्थिर


 


काठमाडौं, असार ५ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

सोमबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार र आज (बुधबार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्