युरोकप : रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको जित
एजेन्सी । युरोकप २०२४ अन्तर्गत पोर्चुगल चेक रिपब्लिकलाई पराजित गरेको छ ।
जर्मनीको लाइपजिगमा मंगलबार राति सम्पन्न खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको हो ।
पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । अर्को गोल पोर्चुगलले उपहार पाएको थियो । यता, चेक रिपब्लिकका लागि लुकास प्रोभोडले सान्त्वना गोल गरे ।
खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन् । रोनाल्डो ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बनेका छन् ।
प्रकाशित मिति: ५ असार २०८१, बुधबार