रोहितसँग विवाद गर्ने बंगलादेशी खेलाडी सकिब आईसीसीको कारबाहीमा


 


काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

खेलको तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेलसँग उनले खेलकै बीच अनावश्यक विवाद गरेका थिए ।

सोही घटनामा अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सकिबलाई आचारसंहिता उल्लंघन गरेको भन्दै उपाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो ।

तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ।

उक्त खेलमा नेपालविरुद्ध बंगलादेश २१ रनले विजयी भएको थियो।

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्