पुनःनिर्माण कार्यले तीव्रता पाउँछ : निधी


 


काठमाण्डौ, माघ २

गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि पुनःनिर्माण प्राधिकरणमा नयाँ सिइओ नियुक्त गरिएको दावी गरेका छन । १९ औँ भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै निधिले  सरकारले अब पुनःनिर्माण कार्यलाई तीव्रता दिने बताए ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचार संहिता पालना गर्नुपर्नेमा जोड दिए । सबै स्थानीय तहमा सरकारले भवन आचारसंहिता लागू गरेको जानकारी गराउँदै पाण्डेले आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउने दावी गरे ।

महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचार संहिताको दायरमा ल्याएको धारणा राखेका छन ।

प्रकाशित मिति: २ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्