सांग्रिला डेभलपमेन्ट बैङ्कद्वारा जनज्योति माविका विद्यार्थीलाई ब्याग वितरण


 


काठमाडौं, ४ असार । सांग्रिला डेभलपमेन्ट बैङ्कले उदयपुरको त्रियुगा न.पा.–७, चुहाडेमा रहेको जनज्योति माध्यमिक विद्यालय विद्यार्थीलाई मङ्गलबार स्कूल ब्याग वितरण गरेको छ ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रमका साथै विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीलाई एक सयवटा स्कूल व्याग र कक्षा ४, ५, ९ र १० का विद्यार्थीलाई कापी तथा कलम वितरण गरेको हो ।

व्याग वितरण कार्यक्रममा बैङ्कको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का र जनज्योति माध्यमिक विधालय चुहाडेको तर्फबाट अध्यक्ष उद्घब काफ्ले र प्रधानाध्यापक श्री धर्मानन्द खतिवडाको उपस्थिति थियो ।

बैङ्कलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्क प्रतिको भरोसाले गर्दा मुलुकभर फैलन सफल भएको बेङ्ले जनाएको छ । १ सय १२ शाखा कार्यालय, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैङ्कले पालना गर्दै आएको छ ।

प्रकाशित मिति: ४ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्