मुगुको गमगढीमा प्रभु बैंकको ३०६औ शाखा सञ्चालनमा
काठमाडौं, असार ४ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंगलबारदेखि मुगु, छायानाथ रारा नगरपालिका, वडा नं.०२ मा स्थित गमगढीमा आप्mनो ३०६औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।
बैंकको गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।
करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
प्रकाशित मिति: ४ असार २०८१, मंगलबार