राजेन्द्र लिङ्देनले रोष्टममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका


 


काठमाडौँ, असार ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा रोष्टममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा उनले बजेटप्रति असन्तुष्टि जनाउँदै मन्त्रालयको बजेट पुष्तिका च्यातेका हुन् ।

उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए ।

प्रकाशित मिति: ४ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्