सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, असार ४ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

मंगलबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज चाँदीको भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्