बस दुर्घटना हुँदा २ जनाको मृत्यु


 


पाल्पा, माघ २

सिलुवा गाउँ विकास समिति -४ बैछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ।

उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाँदै गर्दा बाटोमै उनीहरूको मृत्यु भएको हो। बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेलाई उपचारका लागि प्रभासमा लगिएको छ। बुटवलबाट रामपुर आउँदै गएको ना४ख ९२१८ नंको गाडी गएराति १०ः४५ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब १सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्