सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, असार ३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्