संसदीय छानबिन विशेष समितिले कार्यविधि बनायो


 


काठमाडौँ २ असार । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ ।

समितिको आज भएको बैठकले सर्वसम्मतरुपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले राससलाई जानकारी दिनुभयो ।

“समितिका सदस्यहरुबीच प्रस्तावित कार्यविधिमा छलफल भई सर्वसम्मतिले पारित भएको छ । सोही आधारमा अनुसन्धान अघि बढ्नेछ”, उहाँले भन्नुभयो ।

समिति सदस्य शिशिर खनालका अनुसार पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गरिनेछ । त्यसका लागि आगामी मङ्गलबारका लागि बैठक बोलाइएको छ । उक्त बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, सहकारी विकास बोर्ड पदाधिकारीलगायतलाई छलफलका लागि डाकिएको छ । कूल २९ वटा सहकारीको लिखित प्रतिवेदनसहित छलफल हुने जनाइएको छ ।

कार्यविधि पारित भएसँगै मङ्गलबारदेखि नियमित काम सुरु हुने जनाइएको छ । गत जेठ १५ गते गठन भएको समितिमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद सूर्य थापा सभापति हुनुहुन्छ । नेपाली कांग्रेसबाट सह–महामन्त्री बद्रीप्रसाद पाण्डे र केन्द्रीय सदस्य एवं सांसद ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको छ ।

प्रकाशित मिति: २ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्