नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ


 


काठमाडौं, असार २ । नक्कली लाइसेन्स प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उपसचिवसहित पाँच जनालाई पक्राउ गरेको छ ।

वन मन्त्रालयमा कार्यररत उपसचिव केशव अर्यालसहित पाँच जनालाई पक्राउ गरिएको सिआइबी प्रवक्ता एवं एसपी होबिन्‍द्र बोगटीले जानकारी दिए ।

उनीसँगै सिआइबीले पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार शाह र राजेश लम्साललाई पक्राउ गरेको हो । सिआइबीले नक्कली लाइसेन्स प्रकरणमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको छ ।

यातायात व्यवस्था विभाग र यस मातहत कार्यालयमार्फत् अनधिकृत रूपमा सवारी लाइसेन्स जारी हुने गरेको भन्ने गुनासो आउने गरेका थिए । गुनासो आएपछि यसबारे विभागले अध्ययन थालेको थियो ।

प्रकाशित मिति: २ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्