निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध ठगी मुद्दा


 


काठमाडौँ, असार २ । फिल्म निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको छ ।

सरकारी वकिलले उनीहरुविरुद्ध १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा आइतबार अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेको हो ।

२१ जेठमा प्रहरी वृत्त मालीगाउँले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो । त्यसपछि उनलाई २३ जेठमा हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो । यो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरु तीन जनाविरुद्ध पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । पशुपति प्रसाद–२ चलचित्र निर्माण गर्दा थापा निर्देशक, र श्रेष्ठ सम्पादक थिए ।

प्रकाशित मिति: २ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्