१५ किलो सुनसहित एक पक्राउ


 


काठमाडौँ, माघ १

प्रहरीले १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।

उक्त गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाडीको इन्जिन रहेको भागमा ब्याट्रीको फलामको ‘फल्स बटम’ जस्तो बनाइलुकाइ छिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: १ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्