नेप्समा १७ अंकको गिरावट, कति भयो कारोबार ?


 


काठमाडौं, असार २ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ ।

आज नेप्से १७.०४ अंकले घटेर दुई हजार ९५ दशमलब २५ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६४ वटाको बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड र मनकामना स्मर्ट लघुवित्त वित्रीय संस्था रहेका छन् । यी दुई कम्पनीको शेयरमूल्य क्रमशः १० प्रतिशत र ९.९४ प्रतिशतले बढेको छ ।

आज भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको ३० करोड ४० लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्