नेपालको तेस्रो विकेट गुम्यो, २७ रनमा अनिल आउट


 


काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा अनिल साह २७ रन बनाएर आउट भएका हुन् ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

यसअघि नेपालका कप्तान रोहित पौडेल ७.४ ओभर र कुशल भुर्तेल ७.२ ओभरमा आउट भएका थिए ।

उनीहरुलाई दक्षिण अफ्रिका तबरेज शम्सीले आउट गरेका हुन्। पौडेल शून्य रनमा आउट हुँदा भुर्तेलले २१ बलमा १३ रनको योगदान गरे ।

प्रकाशित मिति: १ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्