नेपालले लगातार दोस्रो विकेट गुमायो, शून्य रनमा रोहित ‘आउट’
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भएका हुन् ।
यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भए ।
नेपालले ७.४ ओभरमा २ विकेटको क्षतिमा ३५ रन बनाएको छ । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
प्रकाशित मिति: १ असार २०८१, शनिबार