अज्ञात समुहले प्रहार गरेको गोली लागेका क्याम्पस प्रमुख कुसवाहाको मृत्यु
बारा, ३२ जेठ । अज्ञात समूहले हानेकाे गोली लागेर गम्भीर घाइते हुनुभएका राजाराम मोहन बिक्रम बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभुषणप्रसाद कुशवाहाको उपचारको क्रममा मृत्यु भएको छ ।
शुक्रबार साझ करिब साढे ५ बजे आदर्श कोतवाल गाउँपालिका ३ बातरा टोल हुँदै मोटरसाइकलमा कलैया आउने क्रममा अज्ञात समूहले पिठ्यूमा गोली हानी गम्भीर घाइते बनाएको थियो।
गम्भीर घाइते कुशवाहाको बिरगंजस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा करिब साँझ ७ बजे मृत्यु भएको प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
घटनापछि सुरक्षाको व्यवस्था कडा पारिएको तथा अपराधी भाग्न नदिन सीमामा प्रहरी परिचालन गरिएको र शंका लागेर एक जनालाइ पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।
प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार