होटेल आइकावा इनमा ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई १५ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैङ्क र होटेल आइकावा इनबिच बैङ्क को कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त समझदारी पत्रमा बैङ्कका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इनका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार बैङ्कको डेबिट, क्रेडिट कार्डबाहक तथा बैङ्कको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।
प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार