महालक्ष्मी विकास बैङ्क ग्राहकहरूलाई स्वास्थ्य र सुपरमार्केटका सेवाहरूमा विशेष छुट


 



काठमाडौं । अब महालक्ष्मी विकास बैङ्कका ग्राहकले विभिन्न स्वास्थ्य संस्था र सुपर मार्केटमा विषेश छुट पाउने भएका छन् ।


लेखनाथ सिटि अस्पताल पोखरा, ओरो प्लस डेन्टल ललितपुर, ए एण्ड ए हेल्थ क्लव बुटवल, एनजी मार्केट तिलोत्तमासँग बैङ्ले ग्राहको छुटका लागि सम्झौता गरेको हो ।


सम्झौता पश्चात महालक्ष्मी विकास बैङ्कका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सेवा हेरेर ५ देखि २५ प्रतिशतसम्म छुटको सम्झौता भएको बैङ्कले जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्