‘हुन्डाइ भेन्यु’मेड इन नेपालकाे बिक्री सुरू


 


काडमाडौं ३२ जेठ । नेपालका लागि हुन्डाइ मोटरको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै उत्पादन गरेको हुन्डाइ भेन्युको बिक्री सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरू हुन्डाइ मोटर कम्पनी कोरिया र भारतमा बन्ने सोही मोडलका गाडिहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

प्रथम चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्रै थप अरु भेरिएन्टहरूको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्राण्ड आइ टेन निओसका साथै अल न्यू हुन्डाइ क्रेटाको उत्पादन पनि सुरु हुने कम्पनीले जनाएको छ ।
हाल विक्री वितरण सुरु भएको दुबै पेट्रोल गाडी हुन्डाइ भेन्यु एल एफ १.२ एसको मुल्य ४४ लाख ९६ हजार र हुन्डाइ भेन्यु एल एफ १.२ एसएक्सको मुल्य ५३ लाख ५६ हजार रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्