किशोरी बलात्कार आरोपमा काठमाडौंबाट एकजना पक्राउ


 


भक्तपुर, जेठ ३२ । काठमाडौंमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक र पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटी स्थित न्यू भक्तपुर गेष्ट हाउसमा ललाई फकाई, डर धाक धम्की देखाई जबरजस्ती करणी गरेको आरोप छ ।

प्रहरीमा उजुरी परेपछि प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्