झापामा आमा र दुई बच्चा मृत फेला


 


काठमाडौं, जेठ ३२ । झापामा विसताक्षीमा दुई बच्चा र आमा मृत फेला परेका छन् ।

शुक्रबार बिहान शिवसताक्षी नगरपालिका–३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेका हुन् ।

आमा अन्जली बेस्रा, उनका सात वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा दुई वर्षीय आयुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

उनका अनुसार आमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् भने बच्चा बेडमा मृत भेटिएका हुन् ।

घटनास्थलमा बमिट समेत गरिएको देखिएकाले विषादी सेवन गरेको हुनसक्ने प्रहरीका अनुमान छ । घटनास्थलमा विषादीको गन्ध समेत आइरहेको प्रहरीले जनाएको छ ।

यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्