साताको अन्तिम दिन घट्यो सुनको मूल्य


 


काठमाडौं, जेठ ३२ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्