एमाले गुल्मीको अध्यक्षमा बालसिं काउछा निर्वाचित


 


गुल्मी । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा विजयी भएका छन् ।

काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए ।

११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।

गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो ।

अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्