विश्वकप क्रिकेट : ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित, ओमान पराजित


 


काठमाडौं । आईसीसी टी–२० विश्वकपमा ओमान इंग्ल्याण्डसँग पराजित भएको छ । आज बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।

ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका जोस बट्लरले नटआउट २४ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभर र बलमा ४७ रन मात्र बनाएको थियो । समूह ‘सी’ मा इंग्ल्याण्डको यो पहिलो जित हो ।

इंग्ल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको ओमान अहिलेसम्म अङ्कविहीन छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्