विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन : ओली


 


काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने बताएका छन् ।

आज एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले छलफल र विचार विमर्श गर्नलाई मात्रै पार्टीमा ठाउँ रहेको बताए ।

मिसन ८४ यतिकै नभनेको भन्दै अध्यक्ष ओलीले देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याउन खोजेको पनि बताए । उनले पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने कार्यकर्तालाई सुझाव दिए ।

पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भन्दै ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको बताए ।

उनले गिरीबन्धु टिस्टेटमा ५१ र १९ विगाहा विक्री गरेर कांग्रेसले बेचेर खाएको भन्दै उनले आफूले कानुन बनाएपछि खान नपाउँदा स्याल हुइयाँ मच्चाएको आरोप लगाए । ओलीले नेपाली कांग्रेसले देशको नाममा कुनै काम नगरेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्