नेप्से परिसूचक ९ अंकले घट्यो


 


काठमाडौं, जेठ ३१ । नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार ९.३२ अंकले घटेर दुई हजार एक सय १२ दशमलव २९ बिन्दुमा अडिएको छ ।

आज बिहीबार बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढी छ । आज ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर कारोबार भएको हो ।

हिजो बुधबार ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँको १ करोड २९ लाख कित्ता शेयर खरिदबिक्री भएको थियो ।

आज ९४ कम्पनीको शेयर मूल्य बढ्दा १४७ वटाको भने घटेको छ । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज बजार घटेपनि संवृद्धि फाइनान्स र कुथेली बुखेरी स्मल हाइड्रो पावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट सहित १० प्रतिशतको वृद्धि भएको छ ।

उता मीड सोलु हाइड्रोपावरका लगानी कर्ताले भने मूल्यमा १० प्रतिशतको गिरावटको सामना गर्नुपरेको छ । आज सर्वाधिक मुल्यको कारोबार भने नेपाल फाइनान्सको शेयरमा भएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्