लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय


 


काठमाडौँ, जेठ ३१ । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले ६ वर्ष कैद सजाय हुने फैसला सुनाइएको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले उनलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेको हो ।

जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई बिहीबार विशेष अदालतले कसुर निर्धारण गरेको हो ।

ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध २५ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्