प्रभु बैँक र आगन्तुक रिसोर्टबीच विषेश छुट सम्झौता


 


काठमाडौं, जेठ ३१ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीद्घारा हस्ताक्षर गरियो ।
सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड(काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश, जुगल जस्ता अन्य विभिन्न हिम˘ाृखलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ । काठमाण्डौको कोलाहलबाट केहीबेर बाहिर निस्कन र रमाईलो गर्नका लागि यो एक उत्तम स्थान हो ।

आन्तरिक एवंम बाह्र«य पर्यटकका लागि काभ्रे जिल्ला अतिउत्तम र रमणीय स्थलको रुपमा प्रख्यात छ । बिहानको सुर्यको उदयदेखि साँझको अस्थायको सुर्यास्थको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरहरु छन् ।

करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै,लण्डन स्थित दिफाईनान्सियल टाईम्सले बैँक अफदि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्