सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, जेठ ३१ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

बुधबार प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने केही घटेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्