रुसी सेनामा भर्ती भएका गुरुङ र शाहीको मृत्यु


 


काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाही रहेका छन् ।

उनीहरूको मृत्युबारेमा मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई र रुसी सरकारले नेपाली दूतावासलाई जानकारी दिएको हो  ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार योसँगै रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भई युक्रेनसँगको युद्धमा मृत्यु हुने नेपालीको संख्या अब २५ पुगेको छ ।

जेठ २० सम्मको तथ्यांकअनुसार २५ जनाको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्