काठमाडौँ उपत्यकाको तापक्रम आज पनि ३३ डिग्री पुग्ने, अपराह्न छिटपुट वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकामा आज साँझ हल्का वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए ।
उनका अनुसार तापक्रम उच्च नै रहने छ । मनसुन भित्रन अझै केही दिन लाग्ने उनले बताए । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।
यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागको पूर्वानुमान छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार