राष्ट्रपति पौडेल र स्विट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता


 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्विट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डबीच भेटवार्ता भएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्विट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताए ।

स्विट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरू सहयोग गर्न तयार रहेको बताएकी छन् ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्