अवैध लागूऔषध गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ


 


सर्लाही, जेठ ३० । सर्लाही प्रहरीले अवैध लागुऔषध गाजासहित एक जना ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

चक्रघट्टा गाउँपालिका–५ लखनदेवी खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ९८ ग्रामसहित सोही गाउँपालिका–१ बस्ने ७० वर्षीय मनिराम रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्