ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ


 


काठमाडौं, जेठ ३० । प्रहरीले काठमाडौंबाट ज्यान मार्ने उद्योग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका ५३ वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रामेछापबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्