जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध


 


जनकपुर, जेट ३० । जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् ।

आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको बताए ।

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचन प्रक्रिया अगाडि बढाइने छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्