जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी


 


काठमाडौं, जेठ ३० । जनता समाजवादी पार्टी (जसपा)नेपालको अध्यक्षका लागि उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ ।

महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएसंगै अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको हो ।

यस्तै सहअध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत, रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा रामकुमार शर्मा, मनिष सुमन, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

रामकुमार शर्मा हालै माओवादीबाट जसपा नेपालमा प्रवेश गरेका हुन् । त्यस्तै, उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्