कप्तान रोहितले समर्थकलाई धन्यवाद दिँदै भने – तपाईंहरुको समर्थन हाम्रो लागि संसार हो


 


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपाली क्रिकेट समर्थकलाई धन्यवाद दिएका छन् ।

वर्षाका कारण नेपाल र श्रीलंकाको खेल रद्द भएपछि पौडेलले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट समर्थकहरुलाई धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, ‘हाम्रा समर्थकहरूलाई धन्यवाद जसले आज र डलासमा ठूलो संख्यामा हामीलाई समर्थन गर्न आउनु भयो । तपाईंहरुको ऊर्जा र समर्थन हाम्रो लागि संसार हो । पहिलो खेल हाम्रो पक्षमा गएन । हामी तपाईंको उत्साहको साथ अगाडि बढिरहेका छौं ।’

नेपालले यस संस्करणको विश्वकपमा दुई खेल खेल्न बाँकी रहेको छ । अब दुवै खेल वेस्ट इन्डिजमा हुनेछन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्