इजरायली युद्ध मन्त्री बेन्नी गान्ट्जद्वारा सरकारबाट राजीनामा
काठमाडौं । इजरायलका मध्यमार्गी युद्ध मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आपतकालीन सरकारबाट राजीनामा दिएको घोषणा गर्दै नयाँ निर्वाचनको आह्वान गर्नुभएको छ ।
जवाफमा प्रधानमन्त्री नेतन्याहूले जारी गरेको एक वक्तव्य भनिएको छ, “इजरायल विभिन्न मोर्चामा अस्तित्वको युद्धमा छ । बेन्नी, यो अभियान त्याग्ने समय होइन ।”
टेलिभिजनमा प्रसारण गरिएको पत्रकार सम्मेलनमा गान्ट्जले प्रधानमन्त्री नेतन्याहूले गाजामा बन्धक बनाइएका करिब १०० बन्धकको रिहाइका लागि युद्धविराम सम्झौताभन्दा आफ्नो राजनीतिक अस्तित्वलाई प्राथमिकता दिएको आरोप लगाउनुभयो ।
“दुर्भाग्यवश, नेतन्याहूले हामीलाई वास्तविक विजयतर्फ अघि बढ्नबाट रोकिरहनुभएको छ,” गान्ट्जले भन्नुभयो ।
नेतन्याहूको सरकारविरुद्ध बढ्दो जनप्रदर्शनलाई प्रतिध्वनित गर्दै गान्ट्जले शरद ऋतुमा नयाँ चरणको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
नेतन्याहूको अति दक्षिणपन्थी गठबन्धनबाट आफ्नो मध्यमार्गी पार्टीलाई फिर्ता लिने गान्ट्जको निर्णयले गाजा पट्टीलाई पुनः कब्जा गर्न र इजरायली बस्तीहरू विस्तार गर्ने पक्षमा सशक्त वकालत गरेका इटामार बेन–गिभर र बेजालेल स्मोटरिचजस्ता अतिवादी मन्त्रीहरूको साथ सरकारबाट छुट्नेछ ।”
मे महिनामा दक्षिणपन्थी प्रधानमन्त्रीलाई गान्ट्जले दिएको चेतावनीपछि नेतान्याहूले गाजाका लागि स्पष्ट द्वन्द्वपछिको रणनीति विकास गर्न र बन्धक–युद्धविराम सम्झौतामा सहमत हुन माग गरेका थिए ।
प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार