संशोधन प्रस्ताव संविधान र नेपाली नागरिकको हित विपरित छ – पोखरेल


 


बुटवल,पुस २८

एमाले नेता शंकर पोखरेलले सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संविधान संशोधन विधेयक ल्याएर मुलुकलाई विपरित दिशा तर्फ धकेलेको बताएका छन । संविधान कार्यान्वयन गराउने बाटो तर्फ लाग्नुको सट्टा सरकार संशोधन विधेयक ल्याएर उल्टो बाटोमा लागेको आरोप लगाए ।

प्रेस चौतारी रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताए । नेता पोखरेलले निर्वाचन गराउने र संविधान कार्यान्वयन गराउने दायित्व पुरा गर्नुको साटो सरकारले संशोधन विधेयक ल्याएर विवाद बढाउने काम गरेको बताए ।

निर्वाचनबाट पन्सिन र दलहरुविच विवाद चर्काउने हिसावले नै सरकारले संशोधन विधेयक ल्याएको बताउदै उहाँले यसले देशलाई अधो गतितिर लैजाने दाबी गरे । झुक्काएर ल्याएको संविधान संशोधन प्रस्तावलाई संसदमा सहीबाटोबाट छलफल हुन र पारित हुन नदिने जिकीर गरे ।

संशोधन प्रस्ताव संविधान र नेपाली नागरिकको हित विपरित भएकाले संसदमा यसको विरोध र आलोचना गर्ने काम भने निरन्तर गर्ने नेता पोखरेलले उल्लेख गरे ।

प्रकाशित मिति: २८ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्