न्याय परिषदको बैठक बस्दै


 


काठमाडौं, पुस २८

उच्च अदालतमा न्यायधिश नियुक्ति गर्ने विषयमा छलफल गर्न न्याय परिषदको बैठक आज पनि बस्दै छ । बैठक सर्वोच्च परिसरमा विहान १० बजेका लागि बोलाइएको छ । आजको बैठकमा रिक्त रहेका पदका लागि न्यायधिश नियुक्तिका विषयमा उत्पन्न विवाद टुङगो लगाउने प्रयास गरिने बताइएको छ ।

रिक्त ८० पदका लागि नियुक्तिका विषयमा उत्पन्न विवादका कारण पछिल्लो समय लगातार परिषद्को बैठक बसे तापनि निर्णय लिन भने सकेको छैन ।

परिषदमा सबै जनाले आ आफ्नो कोटा माग्दै नियुक्तिका लागि दवाव दिए पछि कुरा मिल्न नसकेको स्रोतले जनाएको छ ।

बरिष्ठतम् न्यायाधीश बैद्यनाथ उपाध्यायको उमेर हदका कारण पदावधि भोली देखि सकिन लागेकाले भोली सम्म पनि टुङगो नलागे न्यायधिश नियुक्ति प्रक्रिया प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति: २८ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्