ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


 


कास्की, जेठ २४ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडास्थित सडकमा ग. १ क २६२५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया दुर्गा प्रसाद दाहालको बिहीबार मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्