जाजरकोट केन्द्रविन्दु भएर गयो भूकम्प


 


काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यसअघि साेमबार राति लमजुङ जिल्लाको ताँजेगाउँ र मंगलबार बिहान दैलेख केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्