मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न भोलि बिहान १० बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार