पुरूषले पेट्रोल छर्केर आफैँलाई आगो लगाए, परिवारका पाँच जना घाइते


 


काठमाडौं, जेठ २३ । काठमाडौं महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरूषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका छन् ।

बुधबार ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफ्नै शरीरमा आगो लगाएका हुन् । आगोबाट उनीसहित परिवारका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिंहसहित उनका तीन जना छोरी र पत्नी छन् ।

घाइतेहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले जानकारी दिए ।

घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुवाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका दुई छोरीहरू गम्भीर घाइते भएका छन् । २४ र १६ वर्षीया छोरीहरू गम्भीर घाइते भएका हुन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्