मेरै नेतृत्वमा यो सरकार पाँच वर्षसम्म चल्छ : प्रधानमन्त्री


 


काठमाडौँ, जेठ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

आज पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफ्नै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने बताए ।

साथै प्रधानमन्त्री प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् ।

उनले यही सरकारले नै पाँच लाखसम्मको बचत फिर्ता गर्ने कार्य गरेको भन्दै उल्दै पीडितले कालो झण्डा देखाइएको भन्दै दुखेसो पोखे ।

उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्